Newslaya Home

​अमेरिकामा शक्तिशाली आँधी आएपछि आपतकालीन स्थितिको घोषणा

बिहीबार २५, असोज २०७५

काठमाण्डौ । अमेरिकामा शक्तिशाली आँधी आएपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ । सय वर्ष यताकै शक्तिशाली आँधीका कारण हालसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् । 

२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीको कारण अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा  आपतकालीन स्थिति घोषणा गरिएको छ ।

शक्तिशाली आँधीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई सुरक्षित स्थानमा जानका लागि बस समेत पठाइएको बताइएको छ ।