Newslaya Home

अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने तयारी

बिहीबार २५, असोज २०७५

 काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि प्रतिबन्ध लगाइने बताएका छन् ।

रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्याउने सम्झौता गरेपछि अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाले यसअघि नै भारतलाई रुससँग उक्त सम्झौता नगर्न चेतावनी दिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सैन्य सम्झौता गरेका थिए ।

ट्रम्पले भारतमाथि ‘काटसा’ कानून उल्लंघन गरेको आरोप लगाउँदै त्यसको परिणाम भारतले चाँडै नै थाहा पाउने बताएका छन् । 

अमेरिकाले कानुन उल्लंघन गर्ने देशमाथि राजनीतिक, आर्थिक प्रतिबन्धहरु लगाउने गरेको छ । तर, अमेरिकाले भारतमाथि कस्तो प्रतिबन्ध लगाउने हो भन्ने प्रष्ट भइसकेको छैन ।