Newslaya Home

​आफ्नै साथिको योजनामा १३ बर्षिय बालिका बलात्कृत

विवेक न्यौपाने
बिहीबार २५, असोज २०७५

पथरी । देशभर बलात्कार र महिला हिंसाको घटना भैरहेको अवस्थामा मोरङ्गको पथरीशनिश्चरेमा १३ बर्षिय बालिका बलात्कृत भएकी छन्। मोरङ्गको पथरीशनिश्चरे–१० कि १३ बर्षिय बालिका आफ्नै साथिद्वारा योजनाबद्द शैलीमा बलात्कारको सिकार बनेकी हुन्। 

एउटै कक्षामा पढ्ने साथिले जन्मदिन भएको बहानामा आफ्नो घर लैजान खोज्दा परिवारले नमानेको तर धेरै बिन्ती गरे पश्चात् १ घण्टाको लागि जान दिएको परिवार श्रोत बताउछ। तर निकै रात परि सक्दा पनि नफर्के पछि छिमेकिको सहयोगमा खोजी गर्दा पनि रातभर बालिका फेला परिनन् । बलात्कृत बालिकालाई आफ्नै साथिले अन्य दुई युवकसँग आएर लिएर गएको देखेको छिमेकीहरु बताउछन।

उनिहरुसंग आफुलाई लिएर जंगलमा लगेर मादक पदार्थ सेवन गराएर जबरजस्ती बलत्कार गरेको पिडित बालिकाले बताइन्।

आमाले अर्कै संग दोस्रो विवाह गरेको र बाबूले पनि दोस्रो विवाह गरि अर्काकोमा हली बस्दै आएकाले पिडित बालिका मावल बस्दै आएको तर केही समय देखि छिमेकीको घरमा बस्दै स्थानिय स्कुलमा कक्षा ६ मा अध्ययन गर्दै आएकी थिन् । एउटा मोटरसाईकलमा आएका दुई युवाले पथरीशनिश्चरे २ को जङ्गलमा लागि बलात्कार गरेको पिडित बालिका बताउछिन।

पिडित बालिकाको बयानको आधारमा प्रहरीले दुई आरोपितलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा पथरीशनिश्चरे वडा नं. ९ का राजकुमार माझी र वडा नम्बर १ का मनोज राई रहेका छन। मादक पदार्थ सेवन गराइ आफुलाइ बलात्कार गरेको र भोलि पल्ट दिउँसो घर नजिकै ल्याएर छाडेको पिडित बालिका बताउछिन् ।

पिडित बालिका बलात्कृत भएपछि घरमा आई आफु बलात्कृत भएको कुरा बताए पछि दोषिलाई घरमै गएर प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । पक्राउ परेका राई र माझिलाई ईलाका प्रहरी कार्यलय पथरीमा राखिएको छ । पक्राउ परेका दुवैलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा अगाडि बढाईने ईलाका प्रहरी कार्यलयका प्रहरी नायव निरीक्षक कमल बजगाँइले बताएका छन् ।

पिडित बालिका बलत्कारी पक्राउ परेपछी बेहोश भएको र उनको पथरी हस्पिटलमा प्राथमीक उपचार पछि स्वास्थ परिक्षणको लागि बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।