Newslaya Home

​भारतीय विमानस्थलका सुरक्षाकर्मीले हाँस्न नपाउने

बिहीबार २५, असोज २०७५

बीबीसी । भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई यात्रुहरुका सामु नहाँस्न केन्द्रीय सुरक्षा बलले निर्देशन दिएको छ । 

सुरक्षाकर्मीहरु यात्रू सामु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै विभागले यस्तो निर्णय लिएको हो ।

 यात्रुहरुका सामु मुस्कुराउने पुलिसहरु अब भने विमानस्थलमा सुरक्षा दिइरहेका बेला गम्भीर देखिने भएका छन् । 

संगठनका निर्देशक जर्नेल राजेश रन्जनका अनुसार यसअघि २००१ मा अमेरिकामा भएको भयानक आतङ्की हमलामा सुरक्षाकर्मीहरु यात्रुको मिजासिलो व्यवहारमा निर्भर रहेकै कारण अपराधीहरुलाई सहज भएको थियो । यसकारण पनि पुलिसहरुलाई मित्रवत् भन्दा सतर्क रहनमा जोड दिँदै यस्तो फैसला लिइएको उनले बताए ।