Newslaya Home

​बंगलादेशमा १९ जनालाई मृत्युदण्डको फैसला

बुधबार २४, असोज २०७५

बंगलादेश । बंगलादेशको एक अदालतले १९ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।

सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको हो ।

ढाकामा आयोजित र्यालीमा तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनामाथि ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो ।

बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो ।