Newslaya Home

​दैनिक आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्या

बुधबार २४, असोज २०७५

काठमाडौं । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसलाई मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनमा खुलेको छ । 

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनमा 
सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो। 

बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई भेटिएको विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ। 

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए। 

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने बताएका छन्।