Newslaya Home

​इटहरीले बुझायो प्रदेश नामाकरण अवधारणाहरु मुख्यमन्त्री र सभामुखलाई

मङ्गलबार २३, असोज २०७५

विराटनगर । प्रदेश नामाङ्कनबारे प्रदेश नं. १ का मुख्यमन्त्री र सभामुखलाई अवधारणापत्र बुझाइएको छ ।

नागरिक समाज इटहरी र राजधानी सरोकार समाज इटहरीका प्रतिनिधिले मुुख्य मन्त्री र सभामुखलाई अवधारणापत्र बुझाएको हो ।

इटहरीमा केही दिनअघि भएको नामांकरणबारेको बहसमा प्रस्तुत कार्यपत्रसहित विराटनगर आएका इटहरीका प्रतिनिधिहरुले मुख्य मन्त्री र सभामुखलाई भेटेका हुन् । 

नागरिक समाज इटहरीका पूर्व अध्यक्ष कमलेश शर्मा पौडेलले आफूहरुले गरेको कार्यक्रमले नामाकरणबारे निर्णय लिन प्रदेश सभालाई सहयोग पुग्ने विचार व्यक्त गरे । 

नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले कार्यपत्र मुुख्यमन्त्री राई, सभामुख भण्डारी र नेपाली काङ्ग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालालाई हस्तान्तरण गरे । 

राजधानी सरोकार समाज इटहरीका शैलेशकुमार विष्टले प्रदेश राजधानीसमेत इटहरीमै तोक्न आग्रह गरे ।