​पाण्डे समाजद्वारा विशिष्ट व्यक्तिहरुलाई सम्मान

Newslaya Home

​पाण्डे समाजद्वारा विशिष्ट व्यक्तिहरुलाई सम्मान

मङ्गलबार २३, असोज २०७५

इटहरी । नेपाल पाण्डे समाजले शनिबार एक कार्यक्रमको आयोजना गर्दै विशिष्ट व्यक्तिहरुलाई विभिन्न विदामा सम्मान गरेको छ । 

पाण्डे समाजले विजया दशमी २०७५ को उपलक्ष्य, शुभ दीपावली, छठ पर्वको अवसरमा एसइइमा उत्कृष्ट अंक ल्याई पास हुने पाण्डेका छात्र, छात्राहरूलाई र विभिन्न पेशा व्यवसायमा लागि राष्ट्रमा विशेष योगदान पुर्याउने पाण्डेहरूलाई सम्मान गरेको छ । 

कार्यक्रममा सभापति हेमराज पाण्डे, प्रमुखअतिथि राजेन्द्र पाण्डे ३ नं प्रदेश सभासद, विशिष्ट अतिथि केसब प्रसाद पाण्डे ३ नं प्रदेश सभासद, उपसभापति विध्या राज, सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेलगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा छात्र सौगात पाण्डे, प्रशान्त पाण्डे छात्राहरू सृष्टि पाण्डे, प्रकृति पाण्डेलाई सम्मान गरेको छ । 

यस्तै, पाण्डे समाजले कार्यक्रममा निमार्ण व्यवसायी हरि प्रसाद पाण्डे, राष्ट्र सेवक सहसचिव डाक्टर रोजनाथ पाण्डे, सहसचिव कन्चन राज पाण्डे, डाक्टर मनिष राज पाण्डे, गायक प्रमोद प्रसाद पाण्डे, इन्जिनियर देबि प्रसाद पाण्डे, टेलिकम अधिकृत घनश्याम पाण्डे, होटल तथा पर्यटन व्यवसायी रिषी बहादुर पाण्डे, नेपल एयरलाइन्स सन्तोष पाण्डे, सुरक्षा कर्मी तथा खेलाडी राजकुमारी पाण्डे बैकर्स धर्मराज पाण्डे, पत्रकार निमाकान्त पाण्डे, साहित्यकार/लेखक हिरण्य कुमारी पाण्डे पाठक, किरण पन्थी पाण्डेलगायतलाई सम्मान गरेको कोषाध्यक्ष शेखर पाण्डेले जानकारी दिए ।

नेपाल पाण्डे समाज अधिराज्य भर र विदेशमा समेत छरिएर रहेका पॉडे, पाण्डे, पाण्डेय बन्धुहरूको साझा संस्था हो । पाण्डे समाजले गौरवशाली इतिहासलाई उजागर र प्रकाशित गर्दै यस समाजमार्फत राष्ट्र निर्माणमा अझै सक्रियतापूर्वक सहभागिता जनाउदै आएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Dinesh pandeyलेख्नुहुन्छ
  • |
  • बुधबार २४, असोज २०७५ १२:४२
Good job