Newslaya Home

​बिराटनगरको मेरिल्याण्डका बिद्यार्थीले गरे नेपाल टप

मङ्गलबार २३, असोज २०७५

बिराटनगर । भर्खरै प्रकाशित भएको कक्षा ११ को परिक्षाको नतिजामा बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको कलेजले दाबी गरेको छ । 

९८.०१ प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपालभरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकालले जानकारी दिए ।

यस बर्षको कक्षा ११ मा कुल ७२४ बिद्यार्थीमा ए प्लस ल्याउने १५ जना र ३ जीपीए भन्दा माथि ल्याउने ३५० भन्दा बढी बिधयार्थी रहेको ढकालले बताए ।