Newslaya Home

​लियोनल मेसी ‘बेलेन डि ओर’ अवार्डको १५ जनाको सूचिमा अटाएनन्

मङ्गलबार २३, असोज २०७५

काठमाडौं । अर्जेन्टिना क्याप्टेन लियोनल मेसी फूटबलको प्रतिष्ठित अवार्ड ‘बेलेन डि ओर’को लागि घोषणा गरिएको खेलाडीको सूचिमा पर्न सकेनन् ।

पहिलो चरणमा जारी गरिएको १५ जनाको सूचिमा मेसी पर्न नसकेका हुन् । बार्सिलानाका प्लेमेकर मेसी त्यो सूचिमा नपरेपछि उनका फ्यानहरु अचम्ममा परेका छन् । 

यो सूचिमा रियल मेड्रिडका गारेथ बेल, मेनचेस्टर सिटीका केविन डी ब्रुएन र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने अटाएका छन् । 

यसपछि पनि थप १५ जनाको सूचि सार्वजनिक गरिने छ । 

गारेथ बेल, केविन डी ब्रुएन, सर्जियो एगुएरो, एलिसन बेकर, करीम बेंजेमा, एडिनसन कवानी, थिबोत कोर्टोइस, क्रिस्टियानो रोनाल्डो, रॉबर्टो फरमिनो, एंटोनियो ग्रिजमैन, इस्को, इडेन हजार्ड, हैरी केन र एनगोलो कान्टे और डिएगो गोडिन ‘बेलेन डि ओर’का लागि छनौट भएका खेलाडीहरु हुन् ।