Newslaya Home

​टी–२० छनोटमा नेपालको चौथो जित

मङ्गलबार २३, असोज २०७५

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट ‘बी’ मा नेपालले चौथो जित हात पारेको छ । प्रतियोगितामा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएसँगै लगातार चौथो जित हात पारेको हो ।

नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन बनायो ।

नेपालकालागि सन्दिप लामिछाने र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए भने बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक–एक विकट लिएका थिए  ।