Newslaya Home

​वामदेवलाई सांसद बनाउन सांसदलाई राजिनामा गराउने तयारी

मङ्गलबार २३, असोज २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतमलाई सांसद बनाउन वर्तमान सांसदलाई राजिनामा गराइने भएको छ । 
काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएकोहो । मानन्धरले पनि पार्टीको निर्णय आफूलाई मान्य हुने बताएका छन् । 

गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । तर डोल्पाका स्थानीयले कुनै पनि हालतमा नमान्ने बताएपछि गौतम पछि हटेका थिए । 
त्यसपछि उनलाई दैलेख, नवलपरासी, बाँकेलगायतका जिल्लाबाट चुनाव लडाउने तयारी गरिएको थियो ।

गौतम यसअघिको चुनावमा बर्दियाबाट कांग्रेससँग पराजित भएका थिए ।