Newslaya Home

​वालोन डीओर अर्वाडका लागि ग्रेथ बेल मनोनित

सोमबार २२, असोज २०७५

काठमाडौं। वालोन डीओर अर्वाडका लागि रियाल मड्रिड तथा वेल्सका फरवार्ड ग्रेथ बेल मनोनयनमा परेका छन् । 

बेलसँगै अवार्डका लागि रियाल मड्रिडकै फरवार्ड करिम बेन्जेमा, पेरिस सेन्ट जर्मनका इडिसन काभानी,म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्विरो र लिभरपुलका गोलकिपर एलिसान पनि मनोनयनमा परेका छन् । 

सन् १९५६ देखी शुरु भएको बालोन डी’ओर अवार्डमा बर्षको उत्कृष्ट एक खेलाडीलाई सम्मानित गरिन्छ । यस वर्षको अवार्डका लागि शीर्ष ३० खेलाडीका सूची केही दिनमा सार्वजनिक हुनेछ ।

डिसेम्बर ३ मा फ्रान्सको पेरिसमा आयोजना हुने कार्यक्रममा अर्वाड वितरण गरिनेछ । यसअघि २०१७ को आवार्ड पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिष्टयानो रोनाल्डोले जितेका थिए ।