Newslaya Home

टी–२० क्रिकेटका लागि पोलार्ड वेस्ट इन्डिज टीममा छनौट

सोमबार २२, असोज २०७५

काठमाडौं। भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड १५ सदस्यीय टिममा छनौट भएका छन् । 

पोलार्डलाई आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा उनको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका छनौट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताएका छन् । 

वेस्ट इन्डिज छनौट समितिले १५ सदस्यीय एक दिवसीय टीम समेतको घोषणा गरेको छ । साथै आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाई समेत ध्यान दिएर केहि नयाँ खेलाडीहरु पनि छनोट गरेको कोर्टनी ब्राउनले बताए । जसमा चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् ।

त्यस्तै वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेश विरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि ब्राउनले जानकारी दिए ।