Newslaya Home

​इन्धनको अभाव कम गर्न निगमले राख्यो वैकल्पिक जनशक्ति

सोमबार २२, असोज २०७५

काठमाडौं । नेपाल आयल निगमले बेलाबेलामा चालकहरुको आन्दोलनका कारणले हुने इन्धनको अभाव कम गर्न वैकल्पिक जनशक्ति पनि तयार पार्न थालेको छ । 

यस महिनाको सुरुमा पनि चालकहरुले अमलेखगञ्जबाट तेल नउठाउँदा १–२ दिन देशैभर इन्धनको अभाव भएको थियो । 

निगमले त्यतिबेलै नेपाली सेनासँग सहयोग मागेर नेपाल एयरलाइन्सका विमान चार्टर गर्दै ३० जना चालकलाई अमलेखगञ्ज र भैरहवा पठाएको थियो । 

नेपाली सेनाका चालकलाई देखेपछि निगमका चालक डराएर तेल ढुवानी गरेका थिए । निगमले सेनाका ३० जना चालकलाई अमलेखगञ्ज र भैरहवामा तेल लोड अनलोड र प्रशासनिक काम गर्ने तालिम प्रदान गरिसकेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । 

साथै निगमले नेपाली सेना र नेपाल प्रहरीलाई ट्यांकर थप्नको लागि पनि आग्रह समेत गरेको छ ।