Newslaya Home

​बिरालोले मोजा र अन्डरवेयर चोरेपछि............

सोमबार २२, असोज २०७५

काठमाडौं । न्यूजिल्याण्डमा रहेको एक बिरालोले हरेक रात पुरुषको अन्डरवेयर र मोजा चार्ने गथ्र्यो । तपाईलाई सुन्दा आश्चर्य लागि रहेको होला हैन ? दुध चोर्ने बिरालोले कसरी चोर्यो होला त अन्डरवेयर र मोजा ?

ब्रिगिट नामक उक्त ६ वर्षे बिरालोले दुई महिनामा हेमिल्टन शहरमा ११ जोर अन्डरवेयर र ५० भन्दा बढी मोजा जम्मा गरेको थियो । सोही बिरालो हाल पक्राउ परेको छ । 

उक्त बिरालोको मालिक सारा नाथनले बिरालोको आश्चर्यजनक व्यवहारबारे फेसबुकमा पोष्ट गरेकि थिइन् । उनका अनुसार सफा गर्ने क्रममा पुरानो अन्डरवेयर देखेपछि बिरालोको हर्कतबारे जानकारी भएको थियो ।