Newslaya Home

​चेल्सीका पूर्व कप्तान जोन टेरीद्वारा सन्यासको घोषणा

सोमबार २२, असोज २०७५

काठमाडौं । इंग्ल्याण्ड तथा चेल्सीका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

टेरीले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘फुटबलरका रुपमा बिताएको २३ वर्षपछि यो समय खेलाडीका रुपमा सन्यास लिने सही समय लागेको छ ।’

टेरीले गएको सिजनको अन्त्यसँगै च्याम्पियनसिप क्लब एस्टनभिल्ला छोडेका थिए । त्यसपछि उनी कुनै पनि क्लबमा आबद्ध भएका थिएनन् । 

डिफेन्डर टेरीले इंग्ल्याण्डबाट ७८ खेल खेलेका छन् । त्यस्तै उनले गएको वर्ष चेल्सी छोडेका थिए । उनले पाँचवटा प्रिमियर लिग उपाधि, पाँचवटा एफए कप उपाधि र एकपटक च्याम्पियन्स लिग उपाधि समेत जितिसकेका छन् ।

त्यस्तै उनले चेल्सीबाट सात सय भन्दा बढी खेलमा पाँचपटक लिग कप तथा एकपटक युरोपा लिगको उपाधि पनि जितेका छन् ।

चेल्सीले पनि आफ्नो पूर्व कप्तानको सन्यासको निर्णयको सम्मान गरेको छ ।