Newslaya Home

​सुनको मूल्य घट्यो

सोमबार २२, असोज २०७५

काठमाडौं । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) ५९ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।