Newslaya Home

बराबरीसँगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा झर्यो

सोमबार २२, असोज २०७५

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा झरेको छ । 

सोमबार बिहानभएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेसँगै बार्सिलोना दोस्रो स्थानमा झरेको हो । 

आफ्नै घरेलु मैदानमा भएको खेलमा जिक्वएल गेरयले दोस्रो मिनेटमै गोल गर्दै भ्यालेन्सियालाई १–० गोलको अग्रता दिलाएका थिए । तर, खेलको २३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

निर्धारित समय सम्ममा दुबै टिमबाट थप गोल हुन नसकेपछि १–१ अंक बाँडिएको थियो । ८ खेलबाट १५ अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा झर्दा सेभिल्ला भने पहिलो स्थानमा उक्लिएको छ । सेभिल्लाको ८ खेलबाट १६ अंक रहेको छ ।