Newslaya Home

​पीएसजीद्वारा लियों ५–० ले पराजित, एम्बाप्पेले गरे १३ मिनेटमा ४ गोल

सोमबार २२, असोज २०७५

काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोंलाई ५–० को गोल अन्तरले पराजित गरेको छ । 

पीएसजीका लागि विश्वकप विजेता फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेले जादूमयी प्रदर्शन गरेका छन् ।

पीएसजीलाई ५–० ले जिताउने क्रममा एम्बाप्पेले १३ मिनेटको अवधिमा ४ गोल गरे । उनले पीएसजीको लागि ६१, ६६, ६९ र ७४ मिनेटमा गोल गरेका थिए । 

त्यस्तै पीएसजीको लागि ९ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेयमारले पहिलो गोल गरेका थिए ।

३५ औं मिनेटमा किम्पेम्बेले रातो कार्ड खाएपछि पीएसजी १० जनामा सिमित भयो । त्यस्तै ४५ औं मिनेटमा लुकास टोयुसार्टले दोहोरो पहेंलो कार्ड खाएपछि लियों पनि १० जनामा समेटियो । 

यससँगै पीएसजी ९ खेलबाट २७ अंक सहित लिगको शिर्षस्थानमा छ भने दोस्रो स्थानको लिलेको १९ अंक छ । त्यस्तै तेस्रो स्थानमा रहेको मार्सेको १६ अंक छ ।