Newslaya Home

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले बढ्यो

आइतबार २१, असोज २०७५

काठमाडौं । सरकारले पत्ररकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले बढाएको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरि पत्ररकारको पारिश्रमिक बढाएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यसअघि पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो । यो निर्णयसँगै २४ हजार ३ सय न्यूनतम पारिश्रमिक हुनेछ ।

यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई नियुक्त गरिएको हो ।

आजको मन्त्रिपरिषदले नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ ।

उखु किसान र चिनिको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति समेत मन्त्रिपरिषदले गठन गरेको छ ।