Newslaya Home

कक्षा ११ को नतिजा सार्वजनिक

शनिबार २०, असोज २०७५

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । 

परीक्षा बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी रहेका छन्। 

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ रजीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।

आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ ।

कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो।