Newslaya Home

​उत्कृष्ठ बन्दै बराह सहकारी

१ वर्षमा ८३ करोडको कारोबार
शनिबार २०, असोज २०७५

धरान । ‘हामी सबैको बराह, आर्थिक उन्नतीको सहारा’ भन्ने नारा सहित ९ वर्ष अघि स्थापना भएको बराह बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतले लाभांस दिन सफल भएको छ । 

९ वर्षमै १ हजार ६ सय १८ जना शेयर सदस्य पुर्याएको बराहले कुल पुँजी मात्रै ३ करोड ९ लाख ८४ हजार ५ सय रुपैया पुर्याएको छ । बराहको शनिबार भएको ९ औं वार्षिक साधारण सभामा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मान बहादुर विश्वकर्माले आर्थिक वर्ष ७४÷७५ मा खुद मुनाफा १ करोड ७ लाख २९ हजार ७ सय ९३ रुपैया कमाउन सकेको जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष ७४÷७५ मा ८३ करोड ५० लाख ६४ हजार ३ सय ८१ रुपैया निक्षेप संकलन गरेको छ भने ६९ करोड ५८ लाख ७४ हजार १ सय ३५ रुपैया निक्षेप फिर्ता गरेको छ  । सहकारीले आर्जन गरेको केही रकम सामाजिक कार्यमा समेत लगाउदै आएको यस संस्थाले यस आर्थिक वर्षमा ३१ लाख ६६ हजार ४ सय ८९ रुपैया राज्यलाई कर तिरेको उनले बताए । 

त्यस्तै गत असार मसान्त सम्ममा २७ करोड ३४ लाख ८६ हजार ३ सय ७७ रुपैया ऋण लगानी गरेको छ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट आएको ऋण १ करोड २५ लाख रुपैया संस्थाका १ सय ३४ जना शेयर सदस्यहरुलाई ऋण प्रवाह गरि करिब ५ सय जनालाई स्वरोजगार बनाउन सकेको उनको भनाई छ । संस्थाले यस वर्ष २१ लाख ४५ हजार ९ सय ५८ रुपैया जगेडा कोषमा वृद्धि गरि ५७ लाख ६० हजार ७ सय ४८ रुपैया पुर्याएको उनले बताए । 
धरानको गीता मन्दिरको भवनमा प्रदेश नम्बर १ का सांसद उमिता बराईलीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा बराह प्रोत्साहन पुरस्कारबाट फुल कुमारी लिम्बु, दिल बहादुर विक, संगीता ताम्राकार, कमला राई र क्रिस्टिना राईलाई पुरस्कृत गरेको छ । त्यसै गरि उत्कृष्ठ कर्मचारीहरुमा प्रबन्धक हिम प्रसाद आंखेवा, लेखापाल अपना श्रेष्ठ, सह लेखापाल सुजन प्रधान, टेलर दिपीया खड्का, भावना राई, रिसिप्सन चन्द्रकला राई, संगिता धमला, चम्पा गदाईली, फुलमाया विक, रमेश मरिकलाई सम्मान गरेको छ । 

त्यस्तै सर्वाधिक निक्षेप कर्ता तर्फ पहिलो हुने बालकुमार राई, दोस्रो कमला श्रेष्ठ र तेस्रो हुने रमा डुम्जनलाई पनि सम्मान पत्र सहित पुरस्कृत गरिएको छ । संस्थाले गरेको लगानीलाई सुरक्षित रुपमा ऋण बुझाउने असल ऋणीका रुपमा धरान १६ का मेख बहादुर राईलाई पनि सम्मान गरिएको हो । 

बराहको सहकारी अभियानमा सक्रिय अभियन्ताका रुपमा कल्पना कालीकोटे, सविना बराईली, लमु शेर्पा, विन्जु मगर, मेनुका देवी धमला, पुष्पा घिमिरे, कमला बस्नेत, कुमारी लिम्बु र ज्योत्सना राईलाई पुरस्कृत गरिएको छ ।