Newslaya Home

सुविधाको ९ औं वार्षिक साधारणसभा सम्पन्न, प्रवासीले दिए शुभकामना

शनिबार २०, असोज २०७५

इटहरी । सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा सक्रिय रुपमा सञ्चालित संस्थाले शनिबार स्थापनाको ९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा आर्थिक वर्ष ०७४÷०७५को असार मसान्त सम्ममा संस्थाले ३५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ ५२ पैसा आम्दानी र ३४ लाख ५५ हजार ३ सय ३७ रुपैयाँ खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । 

संस्थाका अध्यक्ष हर्कराज श्रेष्ठले संस्थाको प्रगतीमा शेयर सदस्यहरुले मुख्य  भूमिका निर्वाह गरेको बताए । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । ज्येष्ठ नागरिक तथा शेयर सदस्य हर्कमान श्रेष्ठ, नियमित बचत तर्फ मदन बहादुर राई, दैनिक बचत तर्फ तिलक बहादुर घिमिरे, नियमित किस्ता साँवा र ब्याज तिर्ने मध्येकै नियमित ऋणी फुल कुमारी शाह, र बाल बचत तर्फ सबैभन्दा वढी रकमबाट खाता शुरु गर्ने समिर राईलाई सम्मान गरेको थियो ।

त्यस्तै ०७४ सालको एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने सान्ता बस्नेत, आयुस शाह, अन्जन राई र प्लस टुमा २.२५ जिपिए अंक ल्याउने सन्देश श्रेष्ठलाई सम्मान गरिएको थियो । 

कार्यक्रमा मोरङ्ग सुनसरी सेवा समाज कतारका अध्यक्ष तथा एन.आर.एन.ए. एन.सि.सिका उपाध्यक्ष तेज कट्वालले मोरङ्ग सुनसरी सेवा समाज कतारको पहलमा संस्था स्थापना गरेको ९ औ वर्ष पुरा भएर १० औ वर्षमा प्रवेश गर्न सफल भएको भन्दै संस्थाका शेयर सदस्यहरुलार्य शुभकामना दिएका थिए । उनले संस्था यहाँ सम्म आईपुग्नमा संस्थाका परिकल्पनाकार सन्तोष श्रेष्ठले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै शुभकामना दिएका थिए । 

कतारबाट महत्वपुर्ण भुभिका निर्वाह गर्दै आएका संस्थाका संयोजक प्रदिप कुमार राईले संस्थालाई यो स्थान सम्म ल्याउन  प्रवासमा रहेका नेपालीहरुले उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै सबैलाई पत्र मार्फत शुभकामना दिएका थिए । 

कार्यक्रमा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
सुमन भट्टराई