Newslaya Home

​इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई केहि दिनदेखि बेपत्ता

शनिबार २०, असोज २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई गत हप्ताबाट बेपत्ता भएका छन् ।

फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट गत हप्ता चीन गएका ६४ वर्षीय मेङ उनको परिवारको सम्पर्कमा नआएपछि फ्रान्सले खोजी सुरु गरेको छ ।

मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो ।

इन्टरपोलले एक विज्ञप्ति जारी गर्दै मेङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी भएको र अनुसन्धान सुरु गरिएको स्पष्ट पारेको छ । 

सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री थिए ।