Newslaya Home

​विराटनगरमा पहिलो पटक प्रादेशिक पुँजीबजार प्रदर्शनी

शनिबार २०, असोज २०७५

विराटनगर । विराटनगरमा पहिलो पटक शुक्रबारबाट प्रादेशिक पुँजीबजार प्रदर्शनी सुरु भएको छ ।  नेपाल धितोपत्र बोर्डद्वारा आयोजित दुईदिने प्रर्दशनीमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका ‘प्रादेशिक पुँजीबजार प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा लगानीकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

प्रदर्शनी समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, मर्चेन्ट बैंकर एसोसिएनका महासचिव मेखबहादुर थापा, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट, मोरङ चेम्बर एन्ड कमर्सका अध्यक्ष सुरेशमान श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष भीम  घिमिरे, नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोद आचार्य, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलगायतको सहभागिता थियो ।