Newslaya Home

​पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

शुक्रबार १९, असोज २०७५

काठमाडौं । पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । 

दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।