Newslaya Home

​रेप्सिन इटहरीले गर्यो ट्रमा सम्वन्धि तालिम

मङ्गलबार १६, असोज २०७५

इटहरी । रिमोट ईमरजेन्सी एण्ड प्राइमरी हेल्थ केयर सर्भिस इन नेपाल (रेप्सिन) इटहरीले बेलायतमा कार्यरत प्रा.डा. प्रकाश सुवेदीको नेतृत्वमा इटहरीमा ट्रमा सम्वन्धि तालिम गरेको छ । 

सोमबार इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यता र रेप्सिन संयोजक राजु केसीको अध्यक्षतामा तालिम गरेको हो ।

उक्त कार्यक्रममा वी.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, ईमरजेन्सी विभागको प्रमुख प्रा.डा रविन भण्डारी, वेलायतका चिकित्सक एसोसियट प्रा.डा. नुसाद खान, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव छवि रिजाल लगायतले आफ्नो मन्तव्य  राखेका थिए । 

कोर्ष सम्पन्न भए पछि आगामी फेव्रुअरी २०१९ मा दोश्रो रेप्सिन सम्मेलनको आयोजना गरिने रेप्सिन संयोजक केसीले जानकारी दिए । उक्त अन्तर्राष्ट्रिय रेप्सीन सम्मेलन इटहरीमा हुने भएको छ । विभिन्न देशबाट ८ भन्दा बढी डाक्टरहरु आउने बताइएको छ । सम्मेलनमा चितवन मेडिकल कलेज भरतपुर र विराट हेल्थ कलेजबाट सहभागिता रहने बताइएको छ ।

आठ महिना अघि १५० जनालाई तीन दिने तालिम दिइएको थियो । त्यसमध्ये ३० जनालाई छानेर एक वर्षे तालिम दिइएको थियो । त्यही तालिमको निरन्तरतास्वरुप यो तालिम दिइएको सदस्य सचिव राजकुमार धमलाले जानकारी दिए ।