Newslaya Home

​नेपाल दुरसञ्चार प्राधिकरणद्वारा १६ हजार अश्लिल वेबसाइट बन्द

सोमबार १५, असोज २०७५

काठमाडौं । अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई नेपाल दुरसञ्चार प्राधिकरणले बन्द गराएको छ। 

समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई गत असोजमा निर्देशन दिएको थियो।  

मन्त्रालयको निर्देशन अनुसार प्राधिकरणले त्यस्ता वेबसाइट बन्द गरेको हो । 

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हालसम्म १६ हजार अश्लिल वेबसाइट बन्द गरिएको र अझै बन्द हुने क्रममा रहेको बताए।