Newslaya Home

​फेसबुकमा पाँच करोड प्रयोगकर्ताको डाटा चोरी

शनिबार १३, असोज २०७५

काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको छ । फेसबुक प्रयोगकर्ताको डाटा ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । 

फेसबुकका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरेका छन् । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ । यसको आन्तरिक जाँच भइरहेको फेसबुकले जनाएको छ ।

डाटा चोरी भएको घटना सार्वजनिक भएपछि ‘भ्यू एज’ फिचरलाई अहिले डिसेबल गरिएको छ ।