Newslaya Home

​जनस्वास्थ्य संघको निर्वाचन असोज १३ मा

शुक्रबार १२, असोज २०७५

काठमाडौं । नेपाल जनस्वास्थ्य संघ(नेफा)को निर्वाचन असोज १३ गते हुने भएको छ ।

ललितपुर जिल्ला प्रशासनमा परेको उजुरीमाथि छलफल हुँदा निर्वाचन स्थगित गर्ने सहमति भएपनि कार्य समितिका बहुमत सदस्यको बैठकले पूर्वनिर्धारित समयमै निर्वाचन गराउने निर्णय गरेको हो ।

निर्वाचन समितिले पनि यथावत रुपमा काम अघि बढाइरहेको जनाएको छ । निर्वाचन समितिका संयोजक डा खगेश्वर गेलालले रोक्नुपर्ने कुनै कारण नभएकाले आफूहरुले निर्वाचन प्रक्रिया कायम राखेको बताए ।

निर्वाचनप्रति असन्तुष्ट पक्ष भने अदालत जाने बताइएको छ । जिल्ला प्रशासनमा उजुरी दिने टोप बहादुर खड्काले साधारण सभा समेत नबोलार्इ निर्वाचन गराउन लागिएकाले आफू अदालत जान लागेको बताए ।