Newslaya Home

​भुकम्पले जेल भत्किदा फरार भएका माइला लामा पुनः पक्राउ

शुक्रबार ०५, असोज २०७५

काठमाडौं ।  २०७२ वैशाख १२ को भूकम्पका कारण कारागार भत्किएपछि जेलबाट भागेका माइला लामा पक्राउ परेका छन् ।

लामालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सि.आई.बी) ले काठमाडौंको मकलवारीबाट पक्राउगरेको हो  ।

उनी काठमाडौंका शिवबहादुर खड्कालाई अपहरण गरेको आरोपमा २०६७ सालमा पक्राउ परेका थिए । सिन्धुपाल्चोकको ठूलो धादिङ घर भएका लामालाई पुनरावेदन अदालत ललितपुरले १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो । 

कारागारमा सजाय भोगिरहेका लामा २०७२ सालको भुकम्पले कारागार भत्किँदा फरार भएका थिए ।