Newslaya Home

​विदेशी पाइलट हटाउदै नेपाली वायुसेवा कम्पनी

शुक्रबार ०५, असोज २०७५

काठमाडौं । अबको पाँच वर्षभित्र नेपाली वायुसेवा कम्पनीले आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५ ले आगामी पाँच वर्षभित्रमा नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणले वायुसेवा कम्पनीले पाँच वर्षभित्र वायुयान चालक, इन्जिनियर जस्ता जनशक्ति पूर्ण रुपमा नेपाली नागरिक तयार गर्नुपर्ने नियम लागू गरेको छ ।