Newslaya Home

​प्रधानमन्त्री ओली शनिबार अमेरिका जाँदै

शुक्रबार ०५, असोज २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ११ दिनका लागि अमेरिका जाने भएका छन् । 

संयुक्त राष्ट्र सङ्घ महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असोज ६ गते शनिबार न्युयोर्क जाने भएका हुन्। 

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’का रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बाधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ। 

संयुक्त राष्ट्र सङ्घ महासभा असोज ९ गते मङ्गलबारबाट सुरु हुदैछ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको  छ ।