Newslaya Home

दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला नहुने

शुक्रबार ०५, असोज २०७५

काठमाडौं । दसैँमा घर जानेहरुका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्ला नहुने भएको छ । 

अग्रिम टिकट बुकिङ गर्ने भनिए पनि निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र उचित भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीहरुले अग्रिम टिकट वितरण नगर्ने भएका हुन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको बेला सरकारले भाडा भने नबढाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने र गाडी भाडा समायोजन गर्नुपर्ने माग आफूहरुले राखेको सिटौलाले बताए ।