Newslaya Home

​सचिव र कोषध्यक्षबीच भएको विवादमा झडप हुँदा १५ घाइते

बुधबार ०३, असोज २०७५

लहान । सप्तरीमा दुर्गा पूजा समिति विवादमा झडप हुँदा १५ घाइते भएका छन् । दक्षिणी सीमावर्ती बलान बिहुल गाउँपालिका ५ कोदरकट्टी गाउँमा दुर्गा पूजा व्यवस्थापन समितिका पदाधिकारीबीच झडप भएको हो। 

घाइते मध्ये १४ जनाको लहान र एक जनाको विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। 

नेकपा पक्षधर अध्यक्ष धनीचन र फोरम पक्षधर नातामा काका भतिज रहेका सचिव आशाराम यादव र कोषाध्यक्ष प्रदिपकुमार यादवको रकम उठाउने र खर्च गर्ने विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।