Newslaya Home

​इटहरीमा संविधान दिवसको विरोध गर्दै कालो झण्डा प्रर्दशन

बुधबार ०३, असोज २०७५

इटहरी । इटहरीमा संविधान दिवसलाई कालो दिन भन्दै कालो झण्डा प्रर्दशन गरीएको छ । संघिय लिम्बुवान मञ्च र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले इटहरी चोकमा कालो झण्डा प्रर्दशन गरेका हुन् । 

प्रर्दशनमा सहभागीहरुले कालो झण्डा बोकेका थिए भने उनिहरुले संविधानको धारा २७४ खारेज गर्न माग गरेका थिए ।