Newslaya Home

​यतीले ल्यायो तेस्रो विमान

बुधबार ०३, असोज २०७५

काठमाडौं । यती एयरलाइन्सले तेस्रो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एयरलाइन्सले वायुयान थप गर्ने क्रममा मंगलवार तेस्रो विमान एटीआर–७२–५०० विमानस्थलमा अवतरण गरेको हो ।

विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको एयरलाइन्सले जनाएको छ । विमानमा चालक दलका सदस्य क्याप्टेन प्रमोद पौडेल, रमोद श्रेष्ठ, सुरेन्द्र कुँवर, वरिष्ठ इन्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

विमान फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इन्जिन टर्बोप्रप विमान हो ।