Newslaya Home

​झापाबाट ३५ लाख बराबरको अवैध कपडा बरामद

बुधबार ०३, असोज २०७५

झापा । भारतबाट भन्सार छलेर ल्याएको कपडा राखिएको गोदाममा सशस्त्र प्रहरीले छापामा मार्दा करिब ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल, राजस्व अनुसन्धान गुल्म इटहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकमा रहेको गोदाममा छापा मारेको हो । 

छापा मार्दा बरामद गरिएको २६ पोका लत्ताकपडाको आवश्यक कागजात नभेटिएपछि राजस्व अनुसन्धान गुल्मले कारबाहीका लागि इटहरी पठाएको छ ।  

बरामद गरीएको सामान इलामको पशुपतिनगरबाट भन्सारबाट भित्र्याइएको जनाइएको छ । गोदाम रहेको घरधनी राजिव जैनलाई नियन्त्रणमा लिइएको छ ।