Newslaya Home

​पञ्चमी नुहाउन गएका दुई जनाको बाढीले बगाएर मृत्यु, एक वेपत्ता

शुक्रबार २९, भदौ २०७५

वीरगञ्ज । पर्सामा पञ्चमी नुहाउन गएका दुई जनाको बाढीले बगाएर मृत्यु भएको छ । बहुदरमाई नगरपालिकामा ढोंगही खोलामा आएको बाढीले बगाउँदा बहुदरमाई नगरपालिका–७ बस्ने खोभारी रौनियारकी छोरी १४ वर्षीया पिंकीकुमारी र मनोज जयसवालकी १४ वर्षीया छोरी मुन्नी जयसवालको मृत्यु भएको हो ।

पिंकीकी बहिनी १२ वर्षीया रिंकीकुमारी भने वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरुलाई बहुदरमाई नगरपालिका–७ स्थित ढोङ्गही खोलाको पुलमुनी पञ्चमी नुहाउन गएका अचानक आएको बाढीले बगाएको थियो ।

मृतक दुवै जनको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ल्याइएको छ ।