Newslaya Home

​आकासमा उडेको जहाज अब गोकुलममा

शुक्रबार २९, भदौ २०७५

इटहरी । आकासमा उडेको जहाज मोरङको सुन्दरहरैंचामा रहेको पर्यटकीय स्थल गोकुलमले  भित्राएको छ । एक निजी कम्पनीको ग्राउण्डेड जहाज रिसोर्टले म्युजियमका लागि भित्राएको हो । 

गोकुलम शुरु हुने जहाजमा म्युजियम प्रदेश कै पहिलो जहाज म्युजियम हुने भएको छ । रिसोर्टले दशैं अगाडि नै जहाजभित्रको म्युजियम सञ्चालनमा ल्याउने तयारी गरेको रिसोर्ट सञ्चालक गिरिश दङ्गालले जानकारी दिए ।

गोकुलम रिसोर्टमा फन पार्कदेखि, धरहरा, ताजमहल, मन्दिर लगायत बालबालिकादेखि वृद्धसम्मलाई समेट्ने गरी निर्माण गरिएका संरचनाका कारण सो रिसोर्टका दैनिक १ हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्रिने गरेका छन् ।