Newslaya Home

​सोलुखुम्बुको विमानस्थलमा एक हप्तादेखि उडान अवरुद्ध

शुक्रबार २९, भदौ २०७५

सोलुखुम्बु । खराब मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा एक हप्तादेखि उडान अवरुद्ध छ। उडान हुन नसकेपछि पर्यटकहरु अलपत्र परेका छन्। 

हुस्सुले ढाकेपछि सगरमाथा क्षेत्रमा पर्यटकको आवतजावत गर्ने एक मात्र हवाई माध्यम लुक्लामा उडान अवरुद्ध भएको हो।

उडान अवरुद्ध भएका कारण तीन सय भन्दा बढी पर्यटक राजधानी फर्किन नसकेका नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए ।