Newslaya Home

​अफगानिस्तानको प्रहरी चौकीमा आक्रमण, आठ प्रहरीको मृत्यु

शुक्रबार २९, भदौ २०७५

काठमाडौं । अफगानिस्तानको एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् ।

उत्तरी प्रान्त समानगानमा अवस्थित प्रहरी चौकीमा भएको आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ । 

अफगानिस्तानमा पछिल्ला दिनहरुमा तालिबान समूह र इस्लामिक स्टेट्सलगायतका आतङ्ककारी समूहहरुले अफगान सेना र प्रहरीमाथि भीषण आक्रमण गर्नुका साथै देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् ।