Newslaya Home

​मोरङको केराबारीमा रुखबाट लडेर एक बृद्धको मृत्यु

शुक्रबार २९, भदौ २०७५

मोरङ । मोरङको केराबारी गाउँपालिका–१ सिलिङमा बिहीबार रुखबाट लडेर एक बृद्धको ज्यान गएको छ ।  

घर नजिकै रहेको गोगुनको रुखको घाँस काट्न चढ्ने क्रममा अचानक लडेर सोही स्थान बस्ने ८२ बर्षीय ईन्द्र बहादुर कटुवालको मृत्यु भएको हो । 

घाईते भएका कटुवालको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।