Newslaya Home

​छुटे लगत्तै पुन पक्राउ परे पत्रकार बस्नेत

शुक्रबार २९, भदौ २०७५

काठमाडौं । खोजतलास दैनिकका सम्पादक राजु बस्नेतलाई सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले पुन पक्राउ गरेको छ।

न्यायाधीश दिपकराज जोशीको एकल इजलाशले बस्नेतलाई थुनामा नराख्न आदेश दिएको दिएको थियो। अदालतको आदेश लगत्तै रिहा भएका बस्नेतलाई प्रहरीले सर्बोच्च परिसर बाहिर पक्राउ गरेको हो।

थप अनुसन्धान र मेडिकल टेष्टका लागि भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

केही दिन पहिले बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए।