Newslaya Home

​अस्ट्रेलियामा भेटियो ५०० वर्ष पुरानो नटराजको मूर्ति

शुक्रबार २९, भदौ २०७५

काठमाडौं । अस्ट्रेलियामा ५०० वर्ष पुरानो नटराज भगवान् शिवको मूर्ति भेटिएको छ ।

एडलेडस्थित आर्ट ग्यालरी अफ साउथ अस्ट्रेलियामा भेटिएको उक्त मूर्ति चोरी भएको आर्ट ग्यालरीले यसको पुष्टि गरेको छ । 

नटराजको मूर्तिलाई भारत फर्काइने सम्भावना रहेको अस्ट्रेलियाको च्यानल एबीसीले जनाएको छ । एबीसीका अनुसार नटराजको यो मूर्ति १६ औं शताब्दीको हो । सन् १९७० को दशकमा तमिलनाडुको नेल्लईस्थित एक मन्दिरबाट चोरी भएको थियो । 

नेल्लईको मन्दिरबाट नटराज समेत चार मूर्ति चोरी भएका थिए । 

आर्ट ग्यालरीले सन् २००१ मा ७६ सेन्टीमिटर अग्लो नटराजको मूर्ति तीन लाख ३० हजार डलरमा किनेको थियो । मूर्तिलाई बेलायती दलालहरूमार्फत एक युरोपेली व्यक्तिबाट किनिएको थियो ।