Newslaya Home

​जम्मु कश्मीरमा मिनीबस दुर्घटना, १५ जनाको मृत्यु, १३ जना घाइते

शुक्रबार २९, भदौ २०७५

काठमाडौं । भारतको जम्मु कश्मीरमा एक मिनीबस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। 

कश्मीरको किस्टवर जिल्लामा उक्त मिनीबस सडकबाट ३०० मिटर तल खस्दा १३ जना भन्दा बढी घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेहरुको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ।  

किस्टवरबाट डनडरानमा गइरहेको उक्त मिनी बसको चालकले नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको अधिकारीहरुले बताइएका छन्।