Newslaya Home

​सवारी दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु

शुक्रबार २९, भदौ २०७५

बैतडी ।  मलेसियामा शुक्रबार एकजना नेपालीको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो ।

कामका लागि कम्पनीतिर गइरहेका बेला सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर घाइते भएका बोहोराको  स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत थिए ।