Newslaya Home

​हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार २९, भदौ २०७५

काठमाडौं । हरिवंश आचार्यको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हरिवंश कै शब्द तथा संगीत रहेको ‘जे भनेनी हुन्छ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा हरिवंश आफै फिचर्ड छन् ।  

गीतमा मादल, गीतार, बाँसुरी, सारङ्गीको प्रयोग गरेको पाइन्छ । मादलमा जीवित जल्मी, गीतारमा अन्तज नकर्मी, बाँसुरीमा रबिन्द्र महर्जन र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले हरिवंशलाई साथ दिएका छन् ।

सुदन केसीको निर्देशनमा बनेको गीतको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् ।