Newslaya Home

​सुन काण्डमा डिएसपी राउत अझै थुनामा

शुक्रबार २९, भदौ २०७५

विराटनगर । सुन काण्डमा मुछिएका इटहरीका पूर्व डीएसपी सञ्जय राउतलाई थुनामा राख्न आदेश दिइएको छ ।

उर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाई सुरु भएको छ । सो क्रममा राउतलाई थुनामा राख्न आदेश दिइएको हो ।

प्रहरी अधिकृतको पहिलो आदेशमा निलम्बित डिएसपी सञ्जय बहादुर राउत परेका छन् । उनलाई पनि जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न भनिएको छ । 

आदेश पछि संजय राउतसँगै अब अन्य अधिकारीहरुको सुनुवाई के हुने हो भन्ने चासोको बिषय बनेको छ । सुनकाण्ड सम्बन्धि मुद्दाहरु मध्य निबेदकको तर्फबाट दिईएको निबेदन मध्य २५ जनाको आज सुनुवाईको लागि उच्च अदालतका बिभिन्न ईजलाशमा पेशी चढेको थियो । पेशी चढेका मध्य ४ जनाको पेशी स्थगित भएको थियो भने २० वटा मुद्दा हेर्न भ्याइएको थिएन ।

उनीहरुको हेर्न नभ्याएकाहरुको पेशी आजको ईजलाशमा समेत हेरिने भएको छ । आजदेखि थप निलम्बित प्रहरी अधिकृतहरुको हकमा सुनुवाई हुनसक्ने अनुमान गरिएको छ ।